दाङ । लुम्बिनीमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
एमाले र राप्रपाबाहेक ९ दलको समर्थनमा चौधरीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
केन्द्रीय राजनीतिमा आएको परिवर्तनसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनमा दलहरू सक्रिय भएका हुन्।
