मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ नियुक्त एका छन् ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
श्रेष्ठ सिन्धुलीबाट प्रत्यक्ष तर्फ निर्वाचित भएका थिए । उनलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माघ ११ गते कानुन मन्त्री नियुक्त गरेका थिए ।







