१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक : रघुजी पन्त

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

सांसद पन्तले भने, ‘कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।’ उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा बाघको आक्रमणबाट स्थानीयमा बढिरहेको असुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाघ संरक्षणबारे स्पष्ट नीति र स्थानीयको सुरक्षाको माग गरे । उनले भने, ‘बर्दिया जिल्लामा बाघले मान्छेलाई आक्रमण गर्ने क्रम रोकिएको छैन । वन्यजन्तु संरक्षण सुरु भएयता संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी चार सय ५० बढीले ज्यान गुमाइसकेका छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले पार्टीतर्फका सांसद ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे पार्टीले छानबिन गरिरहेको जानकारी दिए । ‘छानबिनको अवधि पूरा नभएसम्म पार्टीको साधारण सदस्य र सांसदका रूपमा कुनै भूमिका गर्न नगराउन पार्टीले निर्देशन दिइसकेको छ । हामी बैठक बसिरहँदा सम्भवतः उहाँको स्पष्टीकरण आइसक्यो होला’, सांसद परियारले भने ।

नेपाली काँग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे प्रतिनिधिसभाभित्रै समिति बनाएर छानबिन गर्न माग राखे । उनले भने, ‘आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दछु ।’ सांसद गुरुङले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा ठगी गर्नेलाई समेत तत्काल छानबिन र दोषीलाई कारबाही गर्न माग गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन रेकर्डबारे गठबन्धनका नेताहरू जबाफदेही हुनुपर्ने बताए । उनले भने, ‘गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र ? गठबन्धनका नेताहरुले यस संसद्मा यसबारे बोल्नुपर्छ ।’