काठमाडौँ । नेपाल बिमा प्राधिकरणले चारवटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ ।
प्रोटेक्टिभ माइक्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
निवेदन दिएका सातमध्ये पुँजी जुटाएका चारवटा लघुबिमालाई लाइसेन्स दिएको छ भने बाँकी पुँजी नजुटाएका स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स दिएको छैन ।
प्राधिकरणले सातवटा लघुबिमाका लागि लाइसेन्स खुलाएको थियो ।







