२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरियो नम्बर प्लेटका सवारीलाई पर्यटकमैत्री बनाउने तयारी, कार्यविधि निर्माण गर्न समिति गठन

अ+ अ-

काठमाडौँ । सरकारले हरियो नम्बर प्लेटका सवारी साधन (पर्यटक सवारी)लाई पर्यटकमैत्री बनाउन कार्यविधि निर्माण गर्ने तयारी गरेको छ ।  

कार्यविधि बनाउन मन्त्रालयले पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जानकारी दिए । किराँतीका अनुसार पर्यटक सवारी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० निर्माण गरी पर्यटक सवारी साधनलाई व्यवस्थापन गर्ने मन्त्रालयको अवधारणा छ ।

यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय सानाठूला सवारी, एकान्तकुना, काठमाडौँका कार्यालय प्रमुख, प्रहरी उपरीक्षक, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ, नेपाल पर्यटन बोर्डका निर्देशक सदस्य रहने मन्त्री किरातीले बताए ।

यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष, पर्यटन विभागका निर्देशक, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका अध्यक्ष समेत सदस्यको भूमिकामा रहने छन् । पर्यटन मन्त्रालय, पर्यटन प्रवर्द्धन शाखाका उपसचिव सदस्य सचिवको भूमिकामा रहने भएका छन् ।