९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि पार्टी हितभन्दा साझा रूपमा अघि बढाऔँ : मन्त्री साउँद

अ+ अ-

महेन्द्रनगर । परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।

परराष्ट्र मन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारण सभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए ।

‘विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ’, मन्त्री साउँदले भने, ‘अहिले दश पार्टी मिलेर सरकार बनाएका छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।’ उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताए ।

‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ’, उनले भने, ‘यो अस्पताल प्रतिष्ठान मात्र नभई यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।’

उनले निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको बताए । साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस