२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । 

नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधरले नयाँ युगको सुरुवात गरेको सम्झनामा यस संवत्लाई प्रचलनमा ल्याइएको स्मरण गरेका छन् । 

राष्ट्रपति पौडेलले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सुत्रमा आबद्ध रहेको सन्दर्भमा यस्ता परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचान आदिलाई सुदृढ बनाउँदै लगेका उल्लेख गरेका छन् । 

काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा यस दिनलाई नयाँ संवत् सुरु हुने विशेष पर्वका रूपमा मनाउने गरिएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति साख्वाको जनताको स्वतन्त्रता र आर्थिक मुक्तिजस्ता लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् । 

राष्ट्रपतिले नि:स्वार्थ भावले सामाजिक समानता, सुशासन,  उन्नति र प्रगतिका लागि अग्रसर एवम् प्रतिबद्ध रहन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मौलिक संवत् (नेपाल संवत्)ले सम्पूर्ण नेपालीबीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न सकोस् भनी कामना गरेका छन् । नेपाल संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई अझ सुदृढीकरण गर्न थप मद्दत पुग्ने राष्ट्रपतिको विश्वास छ । 

0 Comments