काठमाडौँ । एसिसी प्रिमियर कपको सेमिफाइनलअन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ।
दोस्रो इनिङमा ८.३ ओभर सकिँदा खेल रोकिएको हो। यसअघि पहिलो इनिङमै वर्षाले खेल रोकिँदा ४२ ओभरमा खेललाई छोट्याइएको थियो।
त्रिवि मैदानमा २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा मात्र ३७ रन जोडेर ६ विकेट गुमाइसकेको छ।






