६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा आरोहण सकेर फर्किने क्रममा फुर्वा शेर्पाको निधन

अ+ अ-

काठमाडौँ । सगरमाथा आरोहण सकेर फर्किने क्रममा एक जनाको मृत्यु भएको छ। 

नेपाली सेनाको सफा हिमाल अभियान-२०२३ अन्तर्गत आरोहण सकेर आधार शिविरतिर फर्किँदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको हो।

नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयका अनुसार फुर्वाको शव उद्धार गर्ने प्रयास भइरहेको छ।

त्यस्तै आरोहण गरी फर्किने क्रममा सहसेनानी दीपेन्द्रसिंह खत्री अस्वस्थ भएका थिए। उनलाई आरोहणमा संलग्न अन्य टोली समेतको सहयोगमा क्याम्प-२ सम्म ल्याएर थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

सहसेनानी खत्रीसँगै अरू तीन जनालाई पनि उपचारका लागि काठमाडौं ल्याइएको र हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ।

प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी काम सञ्चालन भइरहेको पनि निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस