१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मक्का मदिना जाने हजयात्रीको बिदाइ

अ+ अ-

काठमाडौँ । गोरखाबाट यस वर्ष २३ जना हजयात्री साउदी अरेबियाको मक्का मदिना जाने भएका छन् । काठमाडौँबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई आइतबार गोरखा सदरमुकामबाट बिदाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै हजयात्रीलाई बिदाइ गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, प्रहरी प्रमुख अनुपम श्रेष्ठसहितले उनीहरूलाई फूलको गुच्छासहित शुभकामना प्रदान गर्दै बिदाइ गरेका हुन् । गोरखाबाट १२ पुरुष र ११ महिला गरी २३ जना हजयात्री साउदी अरेबिया जान काठमाडौँतर्फ लागेका हुन् । जेठ १८ गते बिहान हजयात्री काठमाडौँबाट साउदी अरेबिया प्रस्थान गर्ने तालिका रहेको छ ।

हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समिति र जिल्लामा रहेको प्रशासन कार्यालयले संयोजन गरी साउदी अरेबिया पठाउने गर्दछ । इस्लाम धर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । प्रत्येक मुसलमानको जीवनसँग धार्मिक एवम् ठूलो पुण्य प्राप्ति हुने, जीवनको सफलतासँग हजयात्रा गाँसिएको नेपाल मुस्लिम सङ्घका केन्द्रीय सचिव रहमतुल्लाह मियाँले बताए । हजयात्रामा गएका तीर्थालुहरूले बकर इदको दुई दिन अगाडि साउदी अरेबियाको मक्कादेखि पाँच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद-अल-अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउँछन् । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

नेपाल मुस्लिम सङ्घ गोरखाका अध्यक्ष जमिल मियाँको अध्यक्षतामा भएको हजयात्रीको बिदाइ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख थापा, गोरखा नगरपालिकाका मेयर राना, प्रमुख जिल्ला अधिकारी भुषाल, प्रहरी प्रमुख श्रेष्ठ, हजयात्रीका तर्फबाट आरुघाट गाउँपालिकाका रज्मद्धिन मियाँले थरीथरीका धार्मिक समुदायको विविधताभित्रको एकताले देश सुन्दर बनेको बताए । केही हजयात्रीले भने सरकारले हजयात्राको खर्चलगायतका पक्षलाई थप पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस