यस वर्ष ढिलो गरी मनसुन भित्रिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस वर्ष ढिलो गरी मनसुन भित्रिने


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपालमा यस वर्ष ढिलो गरी मनसुन भित्रिने पूर्वानुमान गरिएको छ । अहिले भारतमै मनसुन प्रवेश नगरेकाले नेपालमा ढिलो गरी प्रवेश गर्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । 

भारतमा भित्रिएको करिब एक सातापछि मात्रै मनसुन नेपाल प्रवेश गर्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा सरदरमा जुन १३ मा मनसुन भित्रिने गर्छ भने अक्टोबर २ मा बाहिरिन्छ ।

नेपालमा हरेक वर्ष पूर्वी भेग हुँदै मनसुन भित्रने गर्छ । क्रमशः पश्चिम पुगेर फेरि फर्केर पूर्वी भेगबाटै बाहिरिने छ ।

मौसमविद्ले यसपटक मनसुनमा सरदरभन्दा कम वर्षा हुने पनि अनुमान गरेका छन् । यस पटकको प्रिमनसुनमा भने अधिकांश स्थानमा सरदर आसपास वर्षा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस