२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ कारागारका महिला कैदी बन्दी आयआर्जनमा

अ+ अ-

तनहुँ । तनहुँ कारागारमा रहेका महिला कैदी बन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् ।

सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारागारका अन्य महिला कैदीबन्दीले पनि उनीहरूकै सिको गरिरहेका छन् ।

कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी चौकीदार मनमाया विक बताउँछन् । पोखरा कारागारमा रहेका महिला कैदीबन्दीलाई तनहुँ कारागारमा स्थानान्तरण गरिएपछि त्यहाँ सिकेको सीपलाई यहाँ निरन्तरता दिएको उनले बताए । ‘कारागारमा रहेका अन्य महिला कैदी बन्दी पनि सीप सिक्न थालेका छन्’, विकले भने ।

उनीहरूले मासिक तीन हजारदेखि चार हजारसम्म आम्दानी गर्न थालेका छन् । कैदीबन्दीले कारागारमा कमाएको रकमबाट आफ्नो खर्च चलाएर बाँकी घरमा पठाउने गरेका छन् ।

एउटा झोलाका लागि आवश्यक कपडा बुन्दा महिला कैदीबन्दीले चार सय ज्याला पाउने गरेका छन् । कैदीबन्दीले झोलाका लागि बुनेर तयार पारेको कपडा कारागारले नै बिक्रीको व्यवस्था मिलाएको तनहुँ कारागारका प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

‘यत्तिकै खाली हात बस्नुभन्दा केही उद्यम गरेर आयआर्जन गर्न थालेपछि कैदी बन्दी उत्साहित छन्’, उनले भने, ‘कारागारबाट घर फर्किएपछि आफैँले व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्न सहयोग पुग्छ ।’

भवन डिभिजन कार्यालय कास्कीको पाँच लाख सहयोगमा महिला कैदी बन्दीका लागि तान बुन्न पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री दोबाटे विश्वकर्माले समेत कारागारमा विभिन्न पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन गर्न सहयोग गरेका थिए ।