२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीप र दीपेन्द्रले ग्लोबल टी-ट्वान्टी खेल्ने

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र नेपाली टोलीका भरपर्दा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-ट्वान्टी खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले आफ्नो टोलीमा अनुबन्ध गराएको हो । यस्तै दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गराएको हो ।

सुरेमा सन्दीपका अलावा एलेक्स हेल्स, लिन्टन कुमार दास, जोसन बेहरेनड्रार्फ जस्ता खेलाडी रहेका छन् ।

दीपेन्द्र आबद्ध मोन्टेरियलमा भने शकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिन जस्ता खेलाडी रहेका छन् ।

ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

दीपेन्द्र भने पहिलो पटक विदेशी लिग खेल्दै छन् । विदेशी लिग खेल्ने दीपेन्द्र छैटौं नेपाली खेलाडी हुन् । यस अघि नेपालबाट सन्दीप लामिछाने, सोमपाल कामी, पारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिगमा आफ्नो सहभागिता जनाइसकेका छन् ।

ग्लोबल टी-ट्वान्टी खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यस अघि सन्दीप लामिछाने र सोमपाल कामीले यो लिग खेलिसकेका छन् ।