काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको अर्थविज्ञमा सुशान्त वैदिक नियुक्त भएका छन्। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम मुख्यमन्त्रीले विज्ञका रूपमा वैदिकलाई नियुक्त गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिका-६ निवासी वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ।