११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता राज्यको प्राथमिकतामा नपरेको सांसद सिंहको गुनासो : भीआईपी परम्परा अन्त्य गर्न माग 

अ+ अ-

काठमाडौँ । सांसद अमरेश सिंहले, आम नागरिक राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेका छन् । 

आज आइतबार प्रतिनिधि सभा बैठकमा उनले देशमा जनताको आवश्यकताभन्दा राष्ट्रपति भवन, उपचार जस्ता सुविधा बढी प्राथमिकतामा परेको भन्दै भिआईपी परम्परा हटाउनु पर्ने बताए ।

उनले भने, ‘जनताको आवश्यकतालाई कहिले पनि ध्यान दिएनौ हामीले । राष्ट्रपतिको भवन सानो छ प्रहरी भवन भत्काएर पनि त्यहाँ हेलिप्याड बनाउ, निवासमा नै बनाउनु के आवश्यकता छ । हामीले राष्ट्रपतिको उपराष्ट्रपतिको गाडी पुरानो भयो नयाँ गाडी किनौँ, प्रधानमन्त्रीको एउटा गाडी थियो अहिले त्यो गाडी बिग्रियो भने भनेर अर्को गाडी पनि सँगै हिनेको हुन्छ । हाम्रो देशमा भिआईपीहरु प्राथमिकतामा पर्‍यो उहाँको उपचारदेखि सुविधा सबै तर जनता प्राथमिकतामा परेन ।’

नेपाल जस्तो सानो मुलुकमा राजनीतिक पदहरूको निमार्ण गरेर जनताको करबाट भिआईपी परम्परा निमार्ण गरिएको भन्दै आक्रोश पोखेका सांसद सिंहले गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गएको बताए । 

उनले भने, ‘हाम्रो मुलुक सानो छ ३ करोड मात्रै जनता छ, त्यहीमा धेरै पदहरू राखेर महँगो गाडी किन्ने, गाडीको अगाडी पछाडि सेना, प्रहरी र सशस्त्र तीन वटालाई नै राख्नु पर्ने यो भिआईपी परम्पराको अन्त्य हुनु पर्‍यो । किनभने यही परम्पराले गर्दा नै आज गणतन्त्रप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । जनताको करबाट भिआईपीको परम्परा निमार्ण भयो । ’

राष्ट्रपति र उपराष्ट्रपति समेत सेतो हात्ती भएको उनको टिप्पणी छ । 

प्रतिक्रिया दिनुहोस