२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो गठबन्धन ५ वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् ।

सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका नेताहरू र प्रतिपक्षी दलसँग पनि भएको कुराकानीका आधारमा आफू गठबन्धन ५ वर्षसम्म टिक्ने कुरामा विश्वस्त रहेको बताएका हुन् ।

‘अहिले कता कता यो सरकारको आयु कति भन्ने पनि, मिडियामा हुने नहुने तपाईँहरूले हेर्नुभएको होला, सुन्नुभएको होला’, प्रधानमन्त्री प्रचण्डले भने, ‘लगातार गठबन्धनमा भएको बैठक र प्रतिपक्षसँग पनि भएको बैठकका आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी गरे । ‘१० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति, भारत बङ्गलादेश र नेपालबीच विद्युत् व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरू महत्त्वपूर्ण भएका छन्, मलाई गर्व छ’, उनले भने ।

नेपालमा धेरै राम्रो भएको नरुचाउने र नकारात्मक मानसिकता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले मानिसहरूले के भन्छन् भन्ने विषयमा ध्यान दिनै छाडेको बताए । ‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु’, उनले भने ।

जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ ।