७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वले मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुर्‍याउँछ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल अज्हा (बकर इद) को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत मुस्लिम समुदायले मनाउने यो पर्वलाई शान्ति तथा व्यवस्थित विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने सु–अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे ।

हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदान–प्रदान गर्न यो पर्वले उत्प्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरे।

यस्ता पर्वहरूले विभिन्न जातजाति, सम्प्रदाय, वर्ग, समुदाय तथा समाजको मौलिक संस्कृति र रहनसहनलाई संवर्द्धन र संरक्षण गर्दै जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने उनले उल्लेख गरेका छन्।

विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउन र नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन इद–उल अज्हा पर्वले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुतगतिले लम्कन सफल होस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस