८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य

अ+ अ-

मान्म । कालिकोटको रास्कोट नगरपालिकामा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो ।

नगरपालिकामा सुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’ रोपेर हरियाली बनाउने योजना रहेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य रोप्ने नीति लिएको नगर प्रमुख धर्मराज शाहीले बताए । ‘आयआर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौँ’, उनले भने, ‘ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ ।’

नगरपालिकाभित्रमा तीन हजार छ घरधुरी रहेका र ती सबै घरधुरीमा अनिवार्य ओखरका बिरुवा रोप्नुपर्ने नीति अघि सारिएको नगर उपप्रमुख मनीराज बरालले बताए । ‘हामीले कुनै पनि काम आर्थिक जीविकोपार्जनसँग जोड्न सक्नुपर्छ, त्यसका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका हौँ’, उनले भने, ‘केबल विकास भनेको सडक, पूर्वाधार, अनुदान मात्रै नभएर नागरिकको आयआर्जनसँग पनि जोड्न सक्नुपर्छ ।’

आगामी आर्थिक वर्षमा नागरिकलाई नगरपालिकाबाट दिने सेवामा नागरिकको घरमा अनिवार्य ओखर रोपेको प्रमाण पेस गर्नुपर्ने र ओखरका बिरुवा नगरपालिकाले वितरण गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिए । ‘ओखरका बिरुवा नगरपालिकाले अनुदानमा दिनेछ’, उनले भने,’नागरिक आफैँले पनि रोप्न सक्नुहुन्छ, तर सबै नागरिकलाई ओखरका बिरुवा दिने योजना बनाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस