काठमाडौँ । उपसचिव विकास बोहराद्वारा लिखित शाखा अधिकृतको प्रथम पत्र सामान्य ज्ञान (५० अङ्क) लक्षित ‘शाखा अधिकृत जीके नोटबुक’को सातौँ संस्करण बजारमा आएको छ । अन्तिम समयमा नतिजामुखी तयारीका लागि पुस्तकले प्रभावकारी भूमिका खेल्नुका साथै प्रथम संस्करणदेखि नै पाठकको रोजाइमा परेको पुस्तकको यो संस्करण थप अपडेट सहित आएकोले पाठकले रुचाउने विश्वास लेखकको छ ।
बुकल्याण्ड पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकमा २४४ पेज रहेको छ । र पुस्तकमा पाठ्यक्रम बमोजिमका विषय बस्तुसँगै आर्थिक सर्वेक्षण, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा लगायतका समसामयिक विषयवस्तु समेत विषयवस्तु समेटिएका छन् ।







