२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करिव १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिव १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेपले त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो खर्च विवरण सार्वजनिक गरेको हो । नवौँ राष्ट्रिय खेलकुद गत वर्षको असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न भएको थियो । 

यद्यपि, राखेपले निर्वाचन र सरकारद्वारा विनियोजित रकममा रोक्का हुनु लगायत विषयका कारण समयमा भुक्तानी गर्न नसक्दा खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ । राखेपले नवौँ राष्ट्रिय खेलकुदका लागि कुल ५३ करोड ६९ लाख चार हजार दुई २९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ ।

सरकारद्वारा ६० करोड १० लाख र विनियोजित बजेट र आफैँले आन्तरिक आम्दानी ५१ लाख ५२ हजार सात सयबाट उक्त खर्च गरेको राखेपको खर्च विवरण उल्लेख छ ।

यसबाट बचत भएको ६ करोड ८२ लाख ४८ हजार चार सय ६० रुपैयाँ सरकारकै खातामा फिर्ता पठाएको राखेपले जानकारी दिएको छ ।

राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले राखेपको कारणले भन्दा पनि बाह्र कारणबाट खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएको उल्लेख गरे। उक्त अवसरमा उनले पहिलो पटक राष्ट्रिय खेलकुदको इतिहासमा आयोजनाका लागि आन्तरिक आम्दानीको काम भएको र त्यसमा केही मात्रामा सफलता पाएको पनि उल्लेख गरे।

गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा ११ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये ३४१४ पुरुष र २७१३ महिला गरी कुल ६ हजार एक सय २७ खेलाडीले तीन ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । ती खेलमा पदक विजेता खेलाडीलाई नगद पुरस्कारका दिन बैंक मर्जरका कारण समस्या भएपनि भुक्तानी भैसकेको सदस्यसचिव घिसिङले जानकारी दिए।

राखेपले आगामी दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने उल्लेख गर्दै आयोजना मितिको एक वर्ष अगाडि नै त्यसको मोडालिटी पनि तयारी पार्ने विश्वास व्यक्त गरेको छ । आगामी दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आगामी २०८१ साल मंसिरमा आयोजना गर्ने राखेपको लक्ष्य छ ।