१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या  

अ+ अ-

काठमाडौँ । चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ । चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः सङ्क्रमण फैलँदै गएको उनले जानकारी दिए । 

सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको छ । उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।  कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ । हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन् । यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए । 

छिटो रोग फैलने भएकाले अरूलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उनको भनाइ छ । जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ । जसका कारण शिक्षण संस्था बन्द छन् । भिडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ । भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ । बिरामी बढेपछि सहजरूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ । आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस