२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनमा अवरोध एमालेले होइन, सरकारले नै गरेको छ : सांसद भगवती न्यौपाने 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद भगवती न्यौपानेले आफ्नो खुसीको लागि नभई देशको स्वाभिमान र संविधानलाई बचाउन सदनमा आवाज उठाउने गरेको बताएकी छिन् । 

आज राष्ट्रिय सभाको बैठकमा सांसद न्यौपानेले नेपाली राजनीतिको इतिहासमा ब्रिफकेश खोसेर, कुर्सी उचालेर पनि विरोध भएको स्मरण गराउँदै आफूहरू देशको पक्षमा शान्तिपूर्ण तवरले प्रस्तुत भएको बताइन् । 

उनले भनिन्, सदन अवरुद्धको विषयमा विभिन्न ढङ्गले कुरा उठाइएको छ, हामीले इतिहास देखेका हौ । ब्रिफकेश खोसिएको र कुर्सी उचालिएको पनि देखेका छौ तर हामी त्यो तरिकाले प्रस्तुत भएका छैनौ । हामीले जतिपटक सदन अवरुद्ध गरिरहेका छौ, हामीले उठाएका विषय एकदम समसामयिक छ । सत्ता पक्षको तफबाट देशको स्वाभिमानको विरुद्धमा काम गर्दै गर्दा त्यसका विरुद्धमा, संविधानलाई बचाउन सदनमा आवाज उठाएका छौ । 

सांसद न्यौपानेले राज्यको निकायलाई अविश्वास गरेका नभई मन्त्रीहरूलाई पनि प्रश्न गर्ने समितिको मागलाई सरकारले बेवास्ता गरेको भन्दै सदन अवरुद्ध प्रतिपक्षबाट होइन सरकारको तर्फबाट भएको बताइन् । 

उनले भनिन्, यसरी सुन एयरपोर्टबाट आउनु सेटिङ्विना सम्भव छैन, हामीले यो कसरी सम्भव भयो भनेर प्रश्न गरेका छौ । हामीले एउटा मात्रै जवाफ खोजिरहेका छौ, राज्यको निकायलाई अविश्वास मात्रै गरेका होइनौ, हामीले मन्त्रीहरूलाई पनि प्रश्न गर्ने समितिको माग गरेका छौ हाम्रो मागलाई बेवास्ता गरेर सदनलाई कसले अवरुद्ध गरेको हो। सदनमा अवरोध सरकारको तर्फबाट भएको छ । ’ 

सांसद न्यौपानेले नेपाललाई तस्करीको अखडा बनाउनबाट रोक्नको लागि उठाइएको आवाजको सुनुवाइ नभएपछि सरकारका मन्त्रीहरूको संलग्नता तथ्यसहित पुष्टि भएको बताए ।