२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराँती

अ+ अ-

काठमाडौँ। संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने धारणा राखेका छन् ।

पर्यटन यातायात व्यवसायी सङ्घको २० औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले प्रदेश नम्बर एकबाट सहमतिको सरकार गठन गर्नुपर्ने बताए ।

‘राज्य भ्रष्टाचारले जर-जर भएको यो अवस्थामा प्रचण्ड नेतृत्वको सरकारले यसको विरुद्ध ज्याहाद छेडेको छ । अब सबै दल मिलेर प्रचण्ड नेतृत्वमा भ्रष्टाचारको अन्त्य गरी देश आर्थिक समृद्धिमा लैजान पर्छ । मिलेर नै राणा अनि राजा ढालेको दलहरूले भ्रष्टाचारको जरापनी मिलेर नै उखेल्नुपर्छ । प्रदेश नम्बर एकमा अवसर आएको छ यहाँबाट सन्देश दिउँ अब हामी मिल्यौँ अरु बाकी ६ प्रदेशसँगै केन्द्रमा पनि सर्वदलीय सरकार गठन गरौँ अब जनताले यो भन्दा बढी हामीलाई पर्खिने छैनन्’, उनले भने, ‘यो भन्दा ढिला गरियो भने यो सम्भावनायुक्त मुलुक पछिलतिर धकेलिँदै जानेछ ।’

फरक प्रसङ्गमा किराँतीले यो देशमा राम्रो काम गर्नेलाई स्टन्ड भनेर खिसी गर्ने प्रवृत्ति रहेको समेत बताएका छन् ।

‘बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेकोले कार्यक्रममा आयोजकको समयमा न आएपनी आफूले भनेको समयमा आईपुगे । न नुहाई आउँदा हिलो पोतिएको लुगामा आउँदा यहाँ राम्रो भनिँदैन, स्टन्ड भनिन्छ । सरसफाइ नीति बनाएर लागू गरिएको छ । र म आफैँ सहभागी भएर सरसफाइलाई संस्कृतिको रूपमा निर्माण गर्न खोजिरहेको छु । देशको सचेत मिडियाहरूले नै खिसी गरेर आफूलाई उडाउँछ’, मन्त्री किराँतीले भने, ‘मन्त्री भए यता गरिएका कुन-कुन काम स्टन्ड हो रु वार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको थियो खोसियो, ६ वर्ष देखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलियो, नेपाली आकाश कालो सूचीबाट हट्दै छ, वायु सेवा निगम सुधार हुने क्रममा छ, पर्यटन र संस्कृति नीति बन्दै छ यो पनि स्टन्ड नै होला सायद । अरु थुप्रैथुप्रै कामको फेहेरेस्त हामीसँग छ यसलाई पनि स्टन्ड नै भनेर उडाइन्छ यहाँ ।’