२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसपटकको राष्ट्र संघ भ्रमण विशेष महत्वको हुनेछ : प्रधानमन्त्री प्रचण्ड

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४७ देशको नेताको हैसियतले विकास र समृद्धिको बारेमा अपिल गर्न संयुक्त राष्ट्र संघको भ्रमण विशेष रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले योपटक राष्ट्र संघको भ्रमण शान्ति प्रक्रियाको काम पूरा गर्न, जलवायु परिवर्तनका विषयमा विश्व समुदायको ध्यानाकर्षण गर्न र विकास, समृद्धिको अपिल गर्न महत्त्वपूर्ण भएको बताए ।

उनले भने, ‘शान्ति प्रक्रियाको काम पूरा गर्नको लागि अन्तर्राष्ट्रिय समुदायको हामीलाई सहयोग चाहियो र नेपाल एउटा सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नुछ । दोस्रो, मौसम परिवर्तनको सबैभन्दा बढी प्रभाव हामीजस्तो देशलाई परेको छ, यसबारे विश्व समुदायले ध्यान नदिने हो भने मानव जातिका निम्ति दुर्भाग्यपूर्ण हुन्छ भनेर अपिल गर्नुछ । तेस्रो, ४७ देशको नेताको हैसियतले तिनीहरूको प्रतिनिधित्व गरेर विकास, समृद्धिको बारेमा अपिल गर्नु छ, यही कारणले यो पटक राष्ट्र संघको भ्रमण विशेष छ ।’

यस्तै, उनले चीन भ्रमण पनि नेपालको राष्ट्रिय हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बोकेर जान लागेको बताए ।

उनले भने, ‘चीनसँग पनि भौतिक पूर्वाधारको विषय, ट्रान्समिसन लाइन, नयाँ नाकाको कुरा, कृषिमा आधारित उद्योग, व्यापार घाटा कम गर्न देशमा उत्पादित वस्तु निर्यात गर्ने विषयमा भएको हुनाले यसले नेपालको राष्ट्र हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बोकेर जाँदैछु ।’

उनले सामाजिक न्याय, सुशासन र समृद्धिमा नयाँ फड्को हाल्न आवश्यक भएको भन्दै त्यसका लागि जनता, राष्ट्र, समाजवाद र विचारको पक्षमा नयाँ काम गर्न लागेको बताए ।

उनले यथार्थमा पोष्टबहादुर बोगटीलगायत हजारौँ सहिदहरूका सपना पूरा जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गरेको भन्दै अभियानलाई सफल पारेर पार्टी र जनताको सम्बन्धलाई सुदृढ गर्ने बताए ।