२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान संविधान नेपालको भविष्यको गोरेटो हो : ओली

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस नेपाली जनताको साझा उपलब्धि र गौरवको साझा दिवस रहेको भन्दै वर्तमान संविधान नै नेपाली जनताको भविष्यको गोरेटो भएको बताएका छन् ।

बुधबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८० को विशेष अवसरमा एमालेद्वारा नक्साल नारायण चौरमा आयोजित ‘राष्ट्रिय झन्डासँग सेल्फी’ कार्यक्रममा ओलीले राष्ट्रिय दिवसको रूपमा मनाइँदै गरेको संविधान नेपाल र नेपाली जनताको उपलब्धि भएको बताएका छन् ।

उनले भने, ‘जसरी राष्ट्रिय दिवसको रूपमा संविधान मनाइरहेका छौ । यो सरकारी दिवस होइन यो त सरकारको पनि दिवस हो,आम नेपाली जनताको दिवस हो । नेपालको उपलब्धि हो । नेपाली जनताको उपलब्धि हो । नेपालको भविष्यको गोरेटो हो यो संविधान ।’

ओलीले संविधान कुनै एक वर्ग,जाति, भूगोल विशेषको मात्र नभएर मेची महाकाली देखि विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा गौरवको विषय भएको बताए ।

‘यो दिवस एउटा पार्टी विशेषको दिवस होइन । एउटा विचार,जाति,भूगोल,पेशा व्यवसाय विशेषको दिवस होइन यो त सम्पूर्ण नेपाली जनता मेची महाकाली देखि प्रवासमा जहाँ भएपनि नेपाली जनताको साझा उपलब्धिको साझा दिवस हो ।

साझा गौरवको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो’ ओलीले भने ।