२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको क्षेत्राधिकारबारे छलफल, जुटेन सहमति 

अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठनका विषयमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बीच छलफल भएको छ । एक महिनाअघि आयोग गठन गर्ने सहमति भएपनि क्षेत्राधिकारका विषयमा भने मतभेद हुँदा गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन । 

आइतबार आयोग गठन गर्ने र क्षेत्राधिकार के(के हुने भन्ने विषयमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको छलफलमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता विष्णु पौडेल र सचेतक महेश बर्तौला तथा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी थिए।

बैठकपछि नेताहरुले छलफल सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।

काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक भएको बताए । 

त्यसबारे छलफलमा एमाले सकारात्मक भएपनि त्यसबारे शीर्ष नेतृत्वसँग छलफलपछि मात्रै निर्णय दिने भनेपछि छलफल निष्कर्षमा पुग्न नसकेको लेखकले बताए ।

गठबन्धन र एमालेबीच आयोगले पछिल्लो घटनामा शून्यबाट अनुसन्धान गर्ने वा यसअघि सीआईबीले गरेको अनुसन्धानलाई टेकेर थप अनुसन्धान अघि बढाउने भन्ने विषयमा कुरा मिलेको छैन ।

प्रमुख सचेतक लेखकले राज्यका स्थायी संरचनाले गरेको अनुसन्धानलाई विश्वासमा लिएर थप अनुसन्धान गर्न सकिने गरी व्यवस्था गर्न सकिने बताए । तर एमाले भने सरकारले अहिले अनुसन्धान गर्न नसकेको भन्दै सुरुबाटै अनुसन्धान गर्नुपर्ने भन्दै आएको छ । बैठकपछि एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश स्पष्ट हुनुपर्ने अडान राखेको बताए ।

उनले आइतबारै आयोग गठन गरेर कार्यभार सुम्पिने गरी काम अघि बढाउन सुझाव दिएको बताए ।

नेताहरूका अनुसार एमाले नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र त्यसपछि आइतबारै फेरि बैठक बस्ने तयारी छ ।