१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फजुल खर्च नियन्त्रण गर्न सबै तहका जनप्रतिनिधिलाई काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले तीन तहकै सरकारलाई फजुल खर्च नियन्त्रण गर्न र आर्थिक मितव्ययिता अपनाउन निर्देशन दिएको छ । 

तीनवटै तहका सरकारमा रहेको काँग्रेसले चार दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले राखेका धारणाका आधारमा मुलुकको आर्थिक अवस्था कमजोर रहेका बेला सरकारले फजुल खर्च कम गर्नुपर्ने र आर्थिक मितव्ययिता अपनाउनुपर्ने विषय आफ्ना जनप्रतिनिधिहरूलाई स्मरण गराएको हो । 

सोमबार बैठकपछि केन्द्रीय कार्यसमितिको बैठकका निर्णयबारे मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठकले तीनवटै तहका सरकारलाई आर्थिक मितव्ययिता अपनाउन र अनावश्यक संरचना सिर्जना गरेर भार नथप्न निर्देशन दिएको जानकारी दिए ।

बैठकमा स्थानीय तहले अनावश्यक गाडी खरिद गरेको, आर्थिक भार बढाउने गरी गतिविधि गरेको र प्रदेशमा गठबन्धनको भागबन्डा मिलाउन अनावश्यकरुपमा मन्त्रालयहरू फुटाउने काम भएको भन्ने विषय उठेको थियो । बैठकले मुलुकलाई आर्थिक सङ्कटबाट माथि उकास्न अहिले अनावश्यक र अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘राज्यकोषको रकम अनावश्यक र अनुत्पादक क्षेत्रमा फजुल ढङ्गले खर्च गरिनु हुन्न भन्ने हाम्रो नीति नै हो । अर्थतन्त्रको अहिलेको चुनौतीपूर्ण अवस्थामा यो विषयमा अझै ध्यान दिनु पर्ने भएको छ । नेपाली काँग्रेस सबै तहका सरकारलाई अनावश्यक संरचना सिर्जना नगर्न र आर्थिक मितव्ययिता अपनाउन अनुरोध गर्दछ,ु बैठकपछि काँग्रेसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस