काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालू वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चालू वर्षे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सभाको बर्षे अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
बजेट अधिवेशनका नामले चिनिने वर्षे अधिवेशनले ४ वटा विधेयक पनि पारित गरेको छ।







