२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने

अ+ अ-

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफ्नो ६ महिनाको तलब जाजरकोट भूकम्प पीडित राहत कोषमा दिने घोषणा गरेका छन् ।

नगरप्रमुख खाँले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहतमा दिएको जानकारी दिएका हुन् ।

मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउँ छन् । भूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरूको पुनंस्थापना, गाँस लगायतका व्यवस्थापनका लागि सहयोग होस् उक्त सहयोगको घोषणा गरेको जानकारी दिए । उनले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्तै विनासकारी भूकम्पपछि सिद्धार्थनगरपालीकाले विभिन्न संघसस्थाको सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा एक ट्रक राहत आइतबार राती पठाएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नगरपालिकाको साथै नगरको विभिन्न सङ्घसंस्थाको सहयोगमा कम्बल, चामल, चाउचाउ, फुरनदाना, सिरक, लत्ताकपडा लगायतका एक ट्रक राहत सामग्री जाजरकोट जिल्लाका लागि आइतबार राती जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेको नगर सचिवालयले जनाएको छ ।