काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर दश मिनेटको फरकमा फेरी ४.५ म्याग्निच्युडको अर्को परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ४१ मिनेटमा ४.५ म्याग्निच्युडको अर्को परकम्प मापन गरिएको हो।
त्यसअघि ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प गएको थियो।
सम्बन्धित समाचार : जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प
पटक पटक गएको परकम्पका कारण उद्धारमा खटीएहरुसमेत त्रसीत बनेका छन् ।







