२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्रवादी दलहरू त्रसित मानसिकतामा पुगे, अब गणतन्त्र जोगिँदैन : राप्रपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको सर्वदलीय बैठकलाई गणतन्त्रवादी दलहरूको पराजित मानसिकताको उपजको संज्ञा दिएको छ ।

संसद्का दुई बलिया राजनीतिक दलहरुलाई बाहिर राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ‘सर्वदलीय’बैठकमा छलफल गरेका थिए । गणतन्त्र मान्ने र शान्ति प्रक्रियामा सहभागी दलका शीर्ष नेता बैठकमा सहभागी थिए ।

संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र गणतन्त्र विरोधी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बैठकमा निम्त्याइएको थिएन । सहभागी नेताहरुले एक स्वरमा गणतन्त्र र संविधानविरुद्ध प्रहार हुन थालेको भन्दै यसको रक्षाका लागि एकजुट हुने प्रण गरेका छन् ।

बैठकमा निम्तो नपाएपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनतालाई डेलिभरी दिन नसकेको गणतन्त्रको आयु लामो नरहेको बताए ।

उनले भने, ‘गणतन्त्र यो देशका लागि सुहाउँदो व्यवस्था होइन भन्ने जनताले बुझिसकेका छन् । अब दलहरू बैठक बस्दैमा गणतन्त्र जोगिँदैन । यो उनीहरूको पराजित मानसिकता मात्रै हो ।’

६२÷६३ सालपछि माओवादीको हिंसात्मक आन्दोलनको जगमा अनायास आएको गणतन्त्रले देशको सार्वभौमिकता र एकता नै खण्डित बनाएको तथा जनतालाई डेलिभरी पनि दिन नसकेको श्रेष्ठको बुझाइ छ ।

उनी थप्छन्, ‘गणतन्त्रप्रति जनताको मोह भङ्ग भइसकेको छ । अब उनीहरूले अवस्था परिवर्तन मात्र होइन कि व्यवस्था परिवर्तन नै चाहेका छन् । यो जनभावनाको नेतृत्व राप्रपाले गर्नेछ ।’

गणतन्त्रविरोधि माहोल बढ्दै जाँदा गणतन्त्रवादी राजनीतिक दलहरू आत्तिनु स्वभाविक रहेको श्रेष्ठको प्रतिक्रिया छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन विदेशबाट फर्किएपछि आन्दोलनको विषयमा ठोस निर्णय लिने उनले बताए । जनताको साथ लिएर चार वर्षभित्रै गणतन्त्र उल्ट्याएर राजतन्त्र ल्याउने उनले दाबी गरेका छन् ।