२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारको मतियार कसुरमा कामु निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडाका तत्कालीन कामु निर्देशक दिनेश कुमार श्रेष्ठविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका बाराको श्री राम प्राथमिक विद्यालय, भर्वलिया, बरैनिया-२ का तत्कालीन प्रधानाध्यापक योगेन्द्र प्रसाद यादवलाई बर्खास्त गर्ने सम्बन्धमा कुनै कारबाही नगरेको भन्दै अख्तियारले कामु निर्देशक श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले भ्रष्टाचारको मतियार कसुरमा उनीहरुविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । यसैगरी साविक जिल्ला शिक्षा कार्यालय तथा हालको शिक्षा विकास तथा समन्वय इकाइ, बाराका विद्यालय निरीक्षक बृज किशोर यादवविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले यादवउपर भ्रष्टाचार मुद्दा दायर भएको जानकारीसहित आवश्यक कारवाहीका लागि पठाइएको पत्र कार्यालयमा दर्ता भएको अवस्थामा कार्यालयको विद्यालय प्रशासन शाखाको प्रमुखको हैसियतमा निलम्बनको कारबाही अगाडि बढाउनुपर्ने आफ्नो दायित्वसमेत पूरा नगरी उल्टै तलब निकासा गर्न सिफारिस गर्ने काम गरेको अख्तियारले जनाएको छ ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादवले योगेन्द्रलाई लाभ पुर्‍याउने बदनियत तथा मिलेमतो गरी व्यवस्थापन समितिको सिफारिस बेगर उनलाई कुनै विभागीय कारबाही नभएको झुट्टा ब्यहोरा र निजको बिदा साथै सेवा प्रमाणित सम्बन्धी कागजातसहित राजीनामा स्वीकृतिका लागि पठाइ सरकारी सम्पत्ति हानीनोक्सानी गर्न सहयोग पुर्‍याएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन प्रधानाध्यापक चेथारु प्रसाद कुर्मीले स्वतः निलम्बन हुने शिक्षकलाई मुद्दा दायर भएको मितिदेखि निजले राजीनामा दिएको मितिसम्म नपाउने नियम विपरीतको तलब भत्ता भुक्तानी गर्नुका साथै तलब भत्ता निकासा भरपाई गरी भ्रष्टाचारमा सहयोग पुर्‍याएका थिए । साविक जिल्ला शिक्षा कार्यालय, बाराका तत्कालीन जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीले यादवलाई निलम्बन नगरी नियमित रूपमा कामकाजमा लगाउने काम गरेकोले भ्रष्टाचार मतियारमा मुद्दा दायर गरिएको छ । 

साविक क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौँडाका तत्कालीन शाखा अधिकृत वेद प्रसाद पौडेलले प्रतिवादी यादव विशेष अदालत, काठमाडौँबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेको अवस्थाको जानकारी हुँदाहुँदै निजलाई शिक्षक पदबाट बर्खास्त गर्ने सम्बन्धमा कुनै कारबाही अगाडि नबढाएका कारण पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ । यादवले आफू उपर दायर भएको भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौँबाट २०७३ वैशाख १६ मा फैसला भई कसुरदार ठहरसमेत भएकोमा सोसम्बन्धी फाइल गायब बनाई राजीनामा गरी, गराई निवृत्तिभरण समेत लिए, दिलाइएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सरकारी कागजात लुकाउने नष्ट गर्ने समेतको कार्य गरेको देखिएकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।