१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०० भन्दा बढी नेपाली रुसी सेनामा छन्, अध्ययन भइरहेको छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा करिब २०० नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भिजिट भिसा र अध्ययन भिसामा रुसमा पुगेका करिब २०० नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको खोजी भइरहेको बताएका हुन् ।

‘रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढङ्गले जानकारी आयो । अब २०० भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ,’उनले भने । रुस-युक्रेन युद्ध र इजरायल हमास युद्धका कारण नेपालले नयाँ परिस्थिति बेहोर्नुपरेको उनको भनाइ छ ।

‘कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्याङ्क हामी खोज्दैछौं । विगतमा देख्न व्यहोर्न पर्दैनथ्यो, अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने । इजरायल हमास युद्धमा बेपत्ता विपिन जोशीको खोजी भइरहेको उनको भनाइ छ ।