२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शान्ति सन्देश विश्वव्यापी बनाउने अभियानमा सम्राट् अशोकसँग हाम्रो लय मिलेको छ’

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शान्ति अभियानलाई विश्वभर फैलाउन काम गरेका सम्राट् अशोकले जस्तै आफूले पनि अहिले त्यही अभियान थालेको बताएका छन् ।

गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तूपमा शान्ति दीप प्रज्वलन तथा गुरुयोजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई सम्राट् अशोकसँग तुलनासमेत गरे ।

उनले भने, ‘मैले यो विषयभन्दा आलोचना गर्ने त हुन्छन् नै, लोकतन्त्रमा त्यो छुट छ । तर, हिजो युद्ध लडेका सम्राट् अशोक लुम्बिनी आएर जसरी बुद्धको शान्ति अभियानलाई विश्वभर फैलाउन र यहाँको विकास गर्न प्रतिबद्ध भएर लागे, अहिले मैले त्यसैगरी काम गरेको छु, हिजो युद्ध लडेर, युद्धको नेतृत्व गरेको कमान्डर शान्ति कायम गराउँदै लुम्बिनी क्षेत्रको विकासका लागि विश्वभर अभियान चाल्दै संयुक्त राष्ट्र सङ्घका दुई महासचिवलाई लुम्बिनीमा ल्याउनसकें ।’

शान्तिको सन्देश विश्वव्यापी बनाउने अभियानमा आफ्नो अशोक सम्राट्सँग लय मिलेको उनको दाबी छ ।‘कामको प्रकृति मिलेको छ, युद्धको कमान्डर सम्राट् जसरी बुद्धस्थलमा आएर संसारभर शान्ति कायम गर्न तत्परता देखाएर सफल भए, त्यसैगरी विश्व तहमा मेरो त्यो अभियान जारी छ’, प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘म पनि त्यसैगरी सफल हुनेछु, संयुक्त राष्ट्रसंघमा शान्तिको निम्ति खेलेको भूमिका अशोक सम्राट्को जस्तै हो । त्यति धेरै लडाइँबाट आएका सम्राट् जसरी शान्तिको अभियानमा लागे म त युद्ध छाडेर शान्ति अभियानमा लागिसकेको मान्छे हुँ, मलाई धेरै सजिलो छ । सबैको साथले सफल हुनेछु । एकजुट भएर ऐतिहासिक स्थललाई विकास गर्न जुटौँ । यहीबाट समृद्धि खोजौँ ।’

उनले धार्मिक पर्यटनको विस्तारबाट नै रामग्राम र समग्र लुम्बिनी क्षेत्रको विकास गर्न सकिने बताए ।