काठमाडौँ । नेकपा माओवादी केन्द्रले चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती मनाउन पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ।
महासचिव देव गुरुङले माओको १३१ औँ जन्मजयन्ती १० पुसमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर गरेका हुन्।
आआफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्नको लागि पार्टी पङ्क्तिलाई निर्देशन दिइएको छ। माओत्सेतुङको नेतृत्वमा चीनमा कम्युनिस्ट शासन स्थापना भएको थियो।
मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।
