१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रले नै तोक्यो माओवादीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी 

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा लामो समय देखी सचिवालय गठन हुन सकेको थिएन । प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको ‘प्रचण्ड’ र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको छ ।

सचिवालय सदस्यमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्य, स्थायी कमिटी सदस्य खगराज भट्ट, केन्द्रीय सदस्यहरू हरि ज्ञवाली, हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी र प्रदेश अध्यक्ष पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

झन्डै २ वर्ष पहिले २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो । प्रदेश कमिटी निर्वाचन भएको २ बर्ष सम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले घोषणा गरेको हो ।