२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ’

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन् ।

शुक्रबार प्रदेश सभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन् । सामाजिक विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेश सभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा वास्तविक किसान नसमेटिने गरेको गुनासो आएको बताएका थिए ।

पाठकले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले वास्तविक र नक्कली किसान छुट्याउन समस्या हुने गरेको सुनाएका हुन् । ‘अनुगमन गर्न जाँदा कहाँ कहाँबाट बाख्रा खोजेर खोरमा राख्छ कहाँबाट भैँसी खोजेर गोठमा बाँध्छ, अनुदान लिइसकेपछि सबै खाली हुन्छ,’ चौधरीले भने, ‘एउटै घरबाट पाँच वटा कृषि फार्म दर्ता भएको छ । फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ । ‘

छलफलका क्रममा कृषि राज्यमन्त्री कैलाश चौधरीले एकै आर्थिक वर्षमा एकै व्यक्तिले फरक फरक फर्म प्रयोग गरी तीन पटकसम्म अनुदान लिएको भेटिएको बताए ।चौधरीले अनुदानमा भइरहेको दुरुपयोग रोक्न उत्पादनमा आधारित अनुदान दिने र किसान कार्ड लागु गर्ने सोचाइमा आफू रहेको बताए ।

शुक्रबार सामाजिक विकास समितिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, राज्यमन्त्री र मन्त्रालयका सचिव डा। मदन सिंह धामीलाई बोलाएर कृषि मन्त्रालयबाट सम्पादन भएका कामको प्रगति विवरणमाथि छलफल गरेको थियो ।