१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकको अवस्था परिवर्तन गर्न सरकार अहोरात्र खटिरहेको छ : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् । आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव-२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताइन् ।

उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरूप्रति सरकार जानकार र सजग रहेको समेत दाबी गरिन् । ‘केही भएको छैन, र केही हुँदैन भन्ने भाष्य गलत छ, ‘मन्त्री गुरुङले भनिन्, ‘विगतका दिनहरूमा भन्दा अहिले केही न केही राम्रो हुँदै गइरहेको छ, हामीले हेर्ने नजरलाई पनि नकारात्मक मात्रै बनाउनु हुँदैन ।’

उनले चारैतिरबाट प्रश्न उठिरहेका बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागितासम्बन्धी संविधानका व्यवस्थालाई जोगाएर थप मजबुद बनाउँदै लैजानुपर्ने चुनौती रहेको दाबी समेत गरिन् ।

‘नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । यसखालको विविधता नै नेपालको छुट्टै पहिचान हो । नेपालको सम्पत्ति हो, ‘उनले भनिन्, ‘नेपालका हरेक जातजातिको आफ्नै पहिचान र परम्परा छन् । सांस्कृतिक मूल्य र मान्यता छन् । हाम्रो पुर्खाले यसलाई सदिऔँदेखि जोगाएर हाम्रो काँधमा आइपुगेको छ । हामीले पनि यसलाई मर्यादित ढङ्गले संरक्षण गर्नुपर्नेछ ।’

मन्त्री गुरुङले संविधानका नेपालको विविधतालाई सम्बोधन गर्दै अधिकारको ग्यारेण्टी गरेको र विगतभन्दा राज्यकोतर्फबाट नागरिकको आवाज केही न केही रूपमा सुनिएको बताए । उनले संविधानलाई कार्यान्वयन गराउँदै आमनागरिकको जीवन र नागरिकको अवस्थालाई परिवर्तन गर्न सरकारले प्रयास गरिरहेको बताइन् ।