काठमाडौँ । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले एकसाथ उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार प्रदेश निर्वाचनको कार्यालयमा पुगेर अन्यतर्फ काँग्रेसका कृष्ण रोकाया (रुकुम पश्चिम), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएकी हुन् ।
राष्ट्रिय सभाका लागि कर्णालीमा हुने ३ सिटमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक-एक सिट पाएको छ ।







