२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा हिमपात

अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । 

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि हिमपात भएको निसीखोला गाउँपालिका–६ का स्थानीय ओमबहादुर घर्ती मगरले जानकारी दिए । 

 बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए । हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए । 

उनले भने, ‘हिजोदेखि मौसम निकै चिसो थियो, पानी पनि पर्न सकेको थिएन, घाम पनि लागेको थिएन, राति अलिअलि पानी पर्‍यो र एकै छिनमा हिउँ पर्‍यो, अहिले निकै चिसो छ, चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न सकिँदैन, अब घाम लाग्यो भने मात्रै घर र गोठको काम गर्न सकिन्छ ।’

गत मङ्सिर १८ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको थियो । त्यसयता सामान्य वर्षासमेत हुन सकेको थिएन । लामो समयदेखि वर्ष नहुँदा किसानले लगाएका गहुँ, जौँ बारीमै मर्न थालेका थिए । यो वर्षाले किसानका लागि राहत मिलेको स्थानीय प्रेमबहादुर घर्ती मगरले बताए। यो सिजनमा किसानलाई वर्षाको निकै आवश्यकता रहेको उनको भनाइ छ ।