२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै रहने ईश्वर पोखरेलको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले-माओवादीसहितको वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने बताएका छन् । यस्तै सकारात्मक अवस्था रहिरहे भविष्यमा वामपन्थी एकतासमेत हुने उनले बताए ।

प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकिर गर्दै काँग्रेससहितको गठबन्धन टुट्नु नै महत्त्वपूर्ण रहेको बताए ।

नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन–कुन मन्त्रालय पायो भन्ने कुरा महत्त्वपूर्ण नभएको बताउँदै पोखरेलले भने, ‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौँ । अवाञ्छित ढंगले खडा गरिएको काँग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो । सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण होइन ।’

‘१० पुस २०७९ मा बनेको अहिलेकै गठबन्धन दुर्भाग्यबस टुटेको थियो । तर अहिले हामी फेरी त्यही ठाउँमा पुगेका छौँ । मुलुकलाई सकारात्मक दिशातर्फ लैजान पहल सुरु भएको छ,’ पोखरेलले भने ।

काँग्रेससँगको गठबन्धन टुटेपछि नयाँ ढंगले राजनीति अघि बढेको बताउँदै उनले यो गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गरे । संरचनागत ढंगले अघि बढ्ने क्रममा भविष्यमा यस्तै अवस्था भए वामपन्थी एकताको कुरा पनि हुनसक्ने भए पनि अहिले नै त्यो बारेमा नसोचेको उनले बताए ।