७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले आज पनि संसद् अवरोध गर्ने 

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बुधबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध पार्ने भएको छ । सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको काँग्रेसले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो ।

सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखकारुपमा कार्य गर्न नमिल्ने भनेको छ । काँग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि काँग्रेसले अडान छोडेको छैन । 

सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने काँग्रेस सांसद रामहरी खतिवडाले बताए । ‘कुनै पनि आरोप लागेको व्यक्ति त्यस्तो अपराध अनुसन्धान गर्ने निकायको प्रमुख बन्न सक्दैन, मिल्दैन । उहाँहरूको जवाफ चित्तबुझ्दो छैन,’ सांसद खतिवडाले भने, ‘रवि लामिछानेमाथि मात्रै होइन, समग्र सहकारीमा भइरहेको ठगीका विषयमा छानबिन गर्ने संसदीय छानबिन समिति बनाउनुपर्छ, त्यस्तो छानबिन समिति नबनेसम्म संसद् चल्न सक्दैन । हामीले संसद् कसरी चलाउने भन्ने जिम्मेवारी सत्तापक्षलाई सुम्पेका छौँ ।’

उनले निदोष व्यक्ति कुनै पनि छानबिनबाट भाग्नुपर्ने अवस्था नरहेको बताए । ‘बास्तवमा यो रास्वपाले लिएर आउनुपर्ने माग हो । अहिले त हामीले राखिदिएका छौँ । हिजो उहाँहरूले आरोपमात्रै लगाउनुभयो, छानविनको हिम्मत गर्नुभएन,’ उनले भने, ‘हामीले त उहाँहरुमाथि लागेको आरोपलाई दुधको दुध, पानीको पानी छुट्याउन छानबिन गरौँ भनिरहेका छौँ ।’यदि गृहमन्त्री लामिछाने सहकारी ठगीमा निर्दोष हो भने छानबिनबाट डराएर भाग्नुनपर्ने उनको भनाइ छ । 

गृहमन्त्री लामिछानेविरुद्ध सहकारीको पैसा अपचलन गरेको विषयमा पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । तत्कालै लामिछानेले आफूले त्यस्तो ऋण नलिएको दाबी गरेका थिए । तर छानबिन प्रतिवेदनहरूले भने लामिछानेले सहकारीको पैसा अपचलन गरेको प्रष्टसँग औँल्याएका छन् । 

मंगलबारै प्रतिनिधिसभाको बैठकमा काँग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नदिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस