एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ। नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् ।

एमाले कास्कीको आज सकिएको ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्ष निर्वाचित भएका हुन् ।

स्थायी कमिटी सदस्य समूहका क्षेत्रीले ५ सय ५१ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका बास्तोलाले ३४७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।

अध्यक्षसहित सबै पदाधिकारीमा खगराज समूहको प्यानलै विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस