२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगर र सिभिल अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सहमति 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सहमति भएको छ । 

महानगर र अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने सहमति भएको हो । स्वास्थ्य सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विधान निधि पौडेल हस्ताक्षर गरेका छन् । महानगरवासीलाई स्वास्थ्य परीक्षण सेवा तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराई संविधानको धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हक उपलब्ध गराउने उद्देश्यले दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपछि दुवै पक्षबिच काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने, महिलाहरूमा देखा पर्न सक्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि परीक्षण गर्ने, सम्भावित महामारी तथा आकस्मिक रूपमा देखा पर्न सक्ने रोगहरूको न्यूनीकरण, रोकथाम र उपचारको प्रबन्ध मिलाउने विषयमा सहकार्य हुने भएको छ । यसैगरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, स्वास्थ्य प्रणालीमा सुधार, स्रोत साधन तथा उपकरणको व्यवस्थापन, भौतिक संरचना निर्माण तथा मर्मत सम्भार, पार्किङ व्यवस्थापन लगायत संस्थागत क्षमता अभिवृद्धि तथा अस्पतालजन्य फोहर मैलाको व्यवस्थापनमा समन्वय र सहजीकरण गर्ने सहमति अस्पताल र महानगरबिच सहकार्य हुने समझदारी पत्रमा उल्लेख छ । 

सहकार्यका लागि महानगरपालिकाले सहकार्यको सीमा तथा क्षेत्रहरूको प्राथमिकताक्रम निर्धारण गरी संयुक्त कार्यक्रमको स्वरूप तयार गर्ने छ । आवश्यक वित्तीय दायित्व वहन गर्ने, सञ्चालन गरिने स्वास्थ्य परीक्षण तथा अन्य कार्यहरूको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने गराउने जिम्मेवारी पनि महानगरको हुने छ ।

यसैगरी अस्पताले आकस्मिक रूपमा देखिने विभिन्न खालका रोगहरू तथा महामारीको रोकथाम, न्यूनीकरण र उपचारको लागि आवश्यक प्रबन्ध मिलाउने छ । अस्पतालले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण भएका बिरामीहरूलाई प्राथमिकतामा राखी अलग्गै एकाइबाट स्वास्थ्य सेवा उपलब्ध गराउने पर्ने छ । 

यसैगरी महानगर क्षेत्रका प्रजनन उमेर समूहका महिलाहरूको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जाँचको लागि पहिलो पक्षले सञ्चालन गर्ने शिविर मार्फत प्रेषण भएका महिलाहरूको एचपीभी डिएनए परीक्षण, बायोप्सी र लिप परीक्षण असार १५ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने छ । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवा प्रवाहका लागि छुटै प्राथमिकता कक्ष सञ्चालन गर्नु पर्ने छ ।