राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन


३ बैशाख २०८१, सोमबार


दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन् । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गरेका छन् ।

पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला पुगेका थिए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस