सम्भाव्य उम्मेदवार नै नभएपछि सचिव बढुवाका लागि अधिकारीको नाम एकल सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सम्भाव्य उम्मेदवार नै नभएपछि सचिव बढुवाका लागि अधिकारीको नाम एकल सिफारिस


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वैकुण्ठ बहादुर अधिकारीको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले महालेखापरीक्षकतर्फ रिक्त एक सचिवका लागि अधिकारीको नाम सिफारिस गरेको हो । 

कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव(विशिष्ट श्रेणी) पदमा महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक अधिकारीको नाम एकल सिफारिस भएको प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी प्राप्त भएको छ । सम्भाव्य उम्मेदवार नै अरू कोही नभएपछि अधिकारीको नाम एकल सिफारिसमा परेको हो । 

अब बस्ने मन्त्रिपरिषद् बैठकले अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । साथै सोही बैठकले प्रशासनतर्फ केदारनाथ शर्मालाई पनि सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । 

सम्बन्धित समाचार : सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस