सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त एक सचिवका लागि शर्माको नाम सिफारिस गरेको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त हुन पुगेको सचिव(विशिष्ट श्रेणी) पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश, विराटनगरका कायम मुकायम(कामु) प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको स्रोतले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएको छ ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस गरिएको हो । 

अब बस्ने मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस