२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीबाट भएको रकम अपचलनको निष्पक्ष छानबिन गरी कारबाही गर्न एमालेको माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सहकारीहरूमा देखिएका समस्याको र सर्वसाधारणको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

शनिबार र आइतबार बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले १४ बुँदामा समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाचौं बुँदामा सहकारीमार्फत भएको सर्वसाधारणको रकम अपचलनको विषय उल्लेख गरिएको छ ।

‘यो बैठक केही सहकारीमा पैदा भएका यस प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरूको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ’, एमालेको समसामयिक प्रस्तावमा भनिएको छ ।

मिटरब्याज पीडितहरू र लघुवित्तका ऋणीहरूका समस्या समाधानमा गम्भीर हुन पनि एमालेले सरकारलाई आग्रह गरेको छ । सहकारीमा पैदा भएका केही समस्यालाई लिएर सहकारीकै विरुद्ध गलत प्रचार भइरहेको भन्दै एमालेले संविधानले सहकारीलाई अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा ग्रहण गरेको उल्लेख गरेको छ ।

सरकारले देशभरिका सहकारीहरूलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण बनाउनुपर्ने एमालेले बताएको छ ।