११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूले न्याय र क्षतिपूर्ति नपाएको संसदीय समितिमा सांसद कंसाकारको गुनासो 

अ+ अ-

काठमाडौँ । एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दवासिनी कंसाकारले मन्त्रालय लगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गरेकी छिन्। 

प्रतिनिधि सभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयम्ले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत प्राप्त गर्नु भत्तासमेत रोकिएको भनी रोदन प्रकट गरिन्।

उनी विसं २०७० वैशाखमा तेजाब आक्रमणमा परेकी थिइन्। तेजाब आक्रमणपछिको जलनजस्तै उपचारका क्रममा भोग्नु परेको पीडा उस्तै रहेको पनि उनले बैठकमा सुनाइन्। उनले उपचारका क्रममा पिताका नाममा रहेको घर धितोमा राखेर ऋण लिन परेको र त्यो ऋण तिर्न नसक्दा कालोसूचीमा राखेकाले आफूले संसदबाट प्राप्त गर्नुपर्ने सुविधा समेत रोकिएको बताइन्।

तेजाब वा अरू जलनबाट हुने उपचार पद्धति निकै कमजोर रहेको जनाउँदै सांसद कंसाकारले छ वर्षको उपचारबापतको खर्च रु. एक करोड १४ लाख र पीडित राहत कोषबाट प्राप्त गर्ने प्रावधानअनुरूप अदालतबाट पाँच वर्षअघि फैसला भए पनि रकम अझैसम्म नपाएको गुनासो गरिन्।

अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने मामिलामा समेत प्रहरी÷प्रशासनबाट आवश्यक तदारुकता नभएका कारण लामो समयसम्म मानसिकरुपमा थप तनाव झेल्न परेको घटना उनले समितिलाई जानकारी गराइन्। 

प्रतिक्रिया दिनुहोस