२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेको समीकरण मिशन-८४ सम्म कायम रहने शंकर पोखरेलको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिशन-८४ सम्म कायम राख्ने बताएका छन् । एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले यस्तो बताएका हुन् ।

‘अहिलेको समीकरण मिशन-८४ सम्म कायम राख्न चाहन्छौँ’, उनले भने, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो । जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो । मिशन-८४ मा त्यसलाई अन्त्य गर्न चाहन्छौँ । त्यसैकारण यो समीकरणलाई मिशन-८४ सम्म लिएर जान चाहन्छौँ ।’

एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमालेविरुद्धको घेराबन्दी र चक्रव्यूहलाई तोडेको स्मरण गराए ।

उनले छोरा र छोरीका बीचमा अर्थात् छोरा भएन भने त मुक्ति पाइन्नँ भन्ने सोचबाट माथि उठ्नुपर्ने पनि उल्लेख गरे ।

कार्यक्रममामा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले महिला आन्दोलनको सशक्तीकरणको पक्षमा महिलाहरूसँगै रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा काठमाडौँ उपत्यका लगायत देशभरका अव्यवस्थित रूपमा बसोबास गरेका बसोवासीको बस्तीहरूमा भइरहेको डोजर आतंक बन्द गर्नुपर्नेलगयतका विभिन्न प्रस्ताव पारित गरिएको थियो । भेलाको दोस्रो दिन अर्थात् आज १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल भएको थियो ।